रामचन्द्र राणा
सोच्छु यी नजर किन तीम्रो नजरतीर जान्छन,
घरी घरी किन पूरा हुननसक्ने रहरतीर जान्छन,
तीमीले बाटो होइन लक्ष्य बिर्सेका होउ सायद,
नत्र बाटो बिर्सेकाहरु त साझ घरतीर जान्छन,
बुढा रुखहरु मात्र एक्लै बस्छन अचेल गाउमा,
फलहरु पाकी सकेपछी सबै सहरतीर जान्छन,
जब सोध्छ कसैले के कमी छ तिमिलाइ भनी,
चुपचाप मेरा आँखा त्यो नदी बगरतीर जान्छन,
कोही खोजी देउन मेरा निन्द्रा अनि सपना हरु,
कहाँ भौतारिन्छन अनि कुन सफरतीर जान्छन।।






प्रतिक्रिया