कांग्रेस सहितको विद्यमान सत्ता गठबन्धन बनाउन नागरिक उन्मुक्ति सकारात्मक

पाँजलो न्युज
२५ फागुन २०८० ७:४३
कांग्रेस सहितको विद्यमान सत्ता गठबन्धन बनाउन नागरिक उन्मुक्ति सकारात्मक
धनगढी- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले कांग्रेस र आफूहरूबिचको छलफल सकारात्मक भएको बताएका छन् ।

बिहीबार अबेरसम्म भएको छलफलमा सुदूरपश्चिममा रहेको कांग्रेससहितको विद्यमान सत्ता गठबन्धन जोगाउन कांग्रेस त्याग गर्न तयार रहेको खुलासा गरेका हुन् ।

आफूहरूले मुख्यमन्त्रीसहित केही मन्त्रालय मागेको बताउँदै उनले त्यसमा सहयोग गर्न कांग्रेस तयार रहेको बताए। नाउपा संरक्षक चौधरीले भने, ‘यता ९सुदूरपश्चिम० र उता ९केन्द्र०मा पनि म त कांग्रेस बलियो देख्छु । आज सुदूरपश्चिम सरकारबारे निक्र्यौल हुन्छ । हामीले यहाँ राखेको मागप्रति कांग्रेस तयार छ । हामी एक चरणमा अहिले एमाले–माओवादीसँग पनि बस्दै छौ । उहाँहरू पनि हामीप्रति सकारात्मक नै हुनुहुन्छ ।’ नाउपाले सुदूरपश्चिममा मुख्यमन्त्रीसहित केही मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *