मनोसामाजिक परामर्श सहयोग तालिम सम्पन्न

गणेश मौनी
२३ फागुन २०८० १४:११
मनोसामाजिक परामर्श सहयोग तालिम सम्पन्न

( डोटी) तिन दिने मनोसामाजिक परामर्श सहयोग तालिम बुधबार सिलगढीमा सम्पन्न भएको छ ।
समान पहुच बिकास केन्द्र (सिड नेपाल) र वल्र्ड भिजन इन्टरनेशनलको संयुक्त साझेदारीमा संचालित एकिकृत बाल संरक्षण तथा बाल स्पोन्सरसीप परियोजना अन्तरगत परियोजनामा कार्यरत कर्मचारी र संस्थाका पदाधीकारीहरुका लागि आयोजना गरेको तालिम सिलगढीमा सम्पन्न भएको सिड नेपाल द्धारा संचालित एकिकृत बाल संरक्षण तथा बाल स्पोन्सरसीप परियोजना कार्यक्रम संयोजक शुनिल जोशीले बताए ।
तिन दिन सम्म संचालन भएको तालिममा आत्म हत्या समासाधानका उपायहरु, मनोसामाजिकका चार आधारहरुको बारेमा जानकारी, मनोसामाजिक समस्या र मानसिक समस्याको बिचको भिन्नता, कन्भर्सन डिसअर्डर,मनोसामाजिक परामर्शका विभिन्न बिधी र उपायहरु लगाएका विभिन्न विषय बस्तुहरुको बारेमा छलफल गरिएको संयोजक जोशीले बताए ।
तालिमको सहजिकरण मनोसामाजिक परामर्शकर्ता सुमन घिमालले गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *