अन्तरक्रिया कार्यक्रम सम्पन्न

गणेश मौनी
१२ फागुन २०८० ७:१०
अन्तरक्रिया कार्यक्रम सम्पन्न
( डोटी )वर्तमान राजनीति सङ्कट र नेपाली विशेषताको समाजवाद विषयक अन्तरक्रिया कार्यक्रम शुक्रवार दिपायलमा सम्पन्न भएको छ ।
नेपाल कम्युनिस्ट पार्टी उत्तर जिल्ला कमिटी डोटीले कार्यक्रमको आयोजना गरेको थियो । वर्तमान राजनीतिक सङ्कटको बारेमा आम नागरिकलाई जानकारी गराउन आवश्यक रहेको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज विमल सी बताए ।
नेपाल कम्युनिस्ट पार्टी  जिल्ला सचिव मोहन सी को अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सदस्य तथा मध्य कर्णाली इन्चार्ज  विवेक सी रहेका थिए ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुख प्रतिनिधि स्थानीयहरूको सहभागिता रहेको थियो ।पार्टीले यो भन्दा पहिले यस्तै अन्तरक्रिया कार्यक्रम डोटीको बडीकेदार गाउँपालिकामा पनि सम्पन्न गरिसकेको पार्टीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *