
कञ्चनपुर- कञ्चनपुरको एक पसलमा लागुऔषध पाइएपछि पसल सञ्चालक पक्राउ परेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका-४ पुरानो बसपार्कस्थित आफ्नै घरमा पसल सञ्चालन गर्दै आएका शेर सिंह धामी पक्राउ परेका हुन् ।
उनको पसलमा लुकाई छिपाई राखिएको अवस्थामा १२९ दशमलव ६७ ग्राम लागुऔषध चरेस जस्तो देखिने पदार्थ फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । धामीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताए ।
ताजा समाचार
-

डोटीमा राप्रपाको जिल्ला कार्यसमिति विस्तार, खड्क प्रसाद अग्रवाल अध्यक्ष
-

कांग्रेसको महाधिवेशन उद्घाटन खुलामञ्चमा
-

खोलाले बगाउँदा जोरायलमा १० वर्षीया बालिका बेपत्ता
-

डोटीको केदारेश्वर मावि बडीकेदारका विद्यार्थी द्वारा रसुवाका बाढी पीडितका १० हजार सहयोग
-

भोटेकोशी बाढीपीडितका लागि सरस्वती माविका विद्यार्थीले जुटाए ३२ हजार बढी राहत





प्रतिक्रिया