
कञ्चनपुर- कञ्चनपुरको एक पसलमा लागुऔषध पाइएपछि पसल सञ्चालक पक्राउ परेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका-४ पुरानो बसपार्कस्थित आफ्नै घरमा पसल सञ्चालन गर्दै आएका शेर सिंह धामी पक्राउ परेका हुन् ।
उनको पसलमा लुकाई छिपाई राखिएको अवस्थामा १२९ दशमलव ६७ ग्राम लागुऔषध चरेस जस्तो देखिने पदार्थ फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । धामीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बताए ।
ताजा समाचार
-

गरिबीले खोस्यो दसैँको खुसी, सात हजार कमाइमा आठ जनाको परिवार
-

डोटीमा बडादसैँ शुभकामना खसी कप भलिबल प्रतियोगिता सुरु
-

१५२औँ विश्व हुलाक दिवस विभिन्न कार्यक्रम गरी मनाइयो, पत्रकार दिनेश जोशी सम्मानित
-

स्थानीय सरकारको नीति, योजना तथा बजेटबारे सरोकारवाला र सञ्चारकर्मीबीच संवाद
-

कुटपिटमा संलग्न साँउद पदीय जिम्मेवारीमा नरहेकाे स्वपाकाे स्पष्टीकरण






प्रतिक्रिया