अछाम- अछाम जिप दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु भएको छ। आज बिहान जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ५ लुंग्रास्थित आमरुख नजिक से १ झ ४२९ नम्बरको जिप दुर्घटनामा भएको थियो।
दुर्घटना हुँदा घाइते भएका १५ जनामध्ये डोटीको पूर्वीचौकी गाउँपालिका ४ का डेढ वर्षीय बालक ईशान खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको वयलपाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
यस्तै अन्य तीन जनाको अवस्था पनि गम्भीर रहेका छन्। आज बुधबार बिहान लुंग्राबाट साँफेबर जाँदै गरे से १ झ ४२९ नम्बररको जिप अनियन्त्रित भएर दुर्घटना भएको थियो। प्रहरीले बाँकी घाइतेहरुको वयलपाटा अस्पतालमा उपचार भइरहेको बताएको छ ।

प्रतिक्रिया