माओवादीको सबै तहको कमिटी अब प्रत्यक्ष निर्वाचनबाट

पाँजलो न्युज
४ फागुन २०८० ३:५३
माओवादीको सबै तहको कमिटी अब प्रत्यक्ष निर्वाचनबाट

काठमाण्डाै – नेकपा माओवादी केन्द्रले सबै तहको कमिटी प्रत्यक्ष निर्वाचनबाट निर्वाचित गर्ने भएको छ । माओवादी केन्द्रको हिजो सकिएको विधान अधिवेशनले पार्टीको सबै कमिटी प्रत्यक्ष निर्वाचनबाट निर्वाचित गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीले प्रत्यक्ष निर्वाचनको ढोका खोलेको बताउनुभयो।  उहाँले पदाधिकारीमा भने केन्द्रीय कमिटीको निर्वाचनपछि मात्रै निर्वाचन गरिने जानकारी दिनुभयो। केन्द्रीय कमिटीले पदाधिकारी निर्वाचित गर्ने उहाँको भनाइ छ।

त्यस्तै, विधान अधिवेशनले केन्द्रीय समिति १९९ जनाको र पदाधिकारी ११ जनाको बनाउने निर्णय गरेको छ। प्रवक्ता सापकोटाले विधानलाई छोटो बनाउँदै सबै कुरालाई नियमावलीमा स्पष्ट पार्ने निर्णय भएको बताए । अधिवेशनले पार्टीको नाम र चुनाव चिह्न तत्काल नफेर्ने तर सन्दर्भ आएपछि फेर्न सकिने निर्णय गरेको सापकोटाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *