डोटी– आदर्श गाउँपालिका वडा ३ ऐली स्थित महादेवेश्वर आधारभूत विद्यालयको नव निर्मित विद्यालय भवनको उद्घाटन भएको छ । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्रालयका सचिव गणेश बहादुर सिंहले सोमबार एक औपचारिक कार्यक्रमका विच उद्घाटन गरेका हुन् ।
वल्र्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक तथा सिडिसी डोटीको प्राविधीक सहयोगमा बालमैत्री दुई कोठे भवन सोमबार एक औपचारिक कार्यक्रमका विच उद्घाटन संगै विद्यालयलाई हस्तान्तरण समेत गरिएको छ । ३४ लाख ४८ हजार ६ सय ५३ रुपैयाँको लगानीमा सो भवन निर्माण गरिएको थियो ।
भौत्तिक संरचना कमजोर रहेको सो विद्यालयमा नयाँ भवन पाएपछि विद्यार्थी, शिक्षक तथा अभिभावकहरुमा खुसियाली छाएको थियो । उद्घाटन शत्रमा खुसी हुँदै विद्यार्थी तथा शिक्षकहरुले पाहुनाहरुलाई अविरमाला तथा नाचगान गरेर भव्य स्वागत गरेका थिए ।
सामाजिक बिकास मन्त्रालयका सचिब गणेश बहादुर सिंहले नवनिर्मित विद्यालय भवन उद्घाटन गर्दै भवनको सदुपयोग गरी शिक्षाको ज्योती फैलाउन शुभकामना समेत दिए । उनले अभिभावकहरुको सक्रिय सहभागिता बिना शैक्षिक गुणस्तर नबढ्ने तर्क गर्दै विद्यालयसंगै घरमा समेत विद्यार्थीहरुको पढाइमा चासो राख्न आग्रह गरे ।
विशिष्ट अतिथी रहेकी आदर्श गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी रोकायाले स्थानिय तहको शैक्षिक मेरुदण्डका रुपमा सिडिसी डोटी र वल्र्ड भिजन इन्टरनेशनल नेपालले भूमीका खेलेकोमा खुसी व्यक्त गरिन । उनले यस्तै भूमीका अन्य संघसंस्थाहरुले खेल्न सके प्रदेश र संघिय सरकारसम्म धाउनु पर्ने बाध्यता टर्ने धारणा राखिन् ।
सिडिसी डोटीका अध्यक्ष हेमराज जोशीले सिडिसीले लगानी गरिरहेका विद्यालयहरुमा आफुलाई सहयोग गर्न र गुणस्तर बढाउन थप ॠण लागिरहेको महसुस हुने बताए । भविष्यका कर्णधार रहेका विद्यार्थीहरुको जीवन उकास्न आफूहरु संस्थागत रुपमा साझेदार हुन पाएको भन्दै अध्यक्ष जोशीले खुसि व्यक्त गरे ।
प्रतिक्रिया