सरिता कठायत
डोटी : डोटी जिल्लाको कृषि अनुसन्धान निर्देशनालयले किसान दिवस मनाएको छ । शुक्रबार दिपायल सिलगढी नगरपालिका ४ मा रहेको कृषि अनुसन्धान निर्देशनालय भागेतडाको आयोजनामा किसान दिवस बनाएको थियोे । किसान भनेका भगवान हुन त्यसैले किसानको सम्मानका लागि किसान दिवसको आयोजना गरिएको थियो । किसानलाई सबैले प्रोत्साहन गर्नुपर्ने हुन्छ कृषि अनुसन्धान निर्देशनालय भागेतडाका प्रमुख देवीप्रसाद अधिकारीले बताउनु भयो
। उहाँले कृषि अनुसन्धान निर्देशनालय पुजा गर्ने मन्दिर नभए पनि ज्ञान लिने मन्दिर हो त्यसैले सबै किसानहरूले ज्ञान लिएर कृषि खेतीलाई आधुनिक तरिकाले अगाडि बढाउन प्रमुख अधिकारीले अनुरोध समेत गर्नुभएको छ । हरेक बिउहरूको गुणस्तर छ छैनन् उपचार गरेर मात्रै बेर्नाहरू छर्नुपर्ने समेत उपस्थित किसानलाई सुझाव दिनुभएको थियोे । किसानहरूलाई बाह्य अनुसन्धान गराएर परिक्षण गरी लगाएका बालीनालिहरू र तरकारी खेतीमा आएको फरक पन देखाएर थप ज्ञान हुनेगर्छ डोटी जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख गंगादत्त अवस्थीको भनाइ रहेको थियो
। किसानहरूलाई थप ज्ञानहरू प्रदान गर्न आफ्नो र कार्यालयका कर्मचारीहरू सधैं साथमा रहेका छन् किसानहरूले आफ्नो बारीमा आएको समस्या हामिकहाँ पुर्याउन ढिलासुस्ती गर्नुहुँदैन अवस्थीले भन्नुभयो । किसान दिवसको उपलक्ष्यमा डोटीको शिखर नगरपालिका २ कालागाड र वडा नं ८ तिलतालिका अगुवा कृषकहरू साथै डडेलधुराको गन्यापधुरा ३ सकायलका कृषकहरूलाई कृषि अनुसन्धान निर्देशनालय भागेतडामा गरिएको खेतीपाती र तरकारी खेतीको अनुगमन गराएको थियोे । लामो समयसम्म कृषि कार्यलाई अगाडि बढाएको छु साथै कृषि अनुसन्धान निर्देशनालयका प्राबिधिकहरूको साथ सहयोगले कृषिमा लागेको शिखर नगरपालिका २ कालागाडका अगुवा कृषक बम बहादुर कार्कीले बताएका छन् । उहाँ लगाएत अनुगमनमा आएका सबै अगुवा कृषकहरूले निर्देशनालयबाट पाउने प्राबिधिक ज्ञान सधैं पाएको कुरा गर्नुभएको थियो ।
अनुगमनका क्रममा यसरी क्रमश अनुगमन गराएको हो ।
अछामी गाईको संरक्षण
कृषि अनुसन्धान निर्देशनालय भागेतडमा अछामी गाई ( नौमुठे ) गाईको नामले परिचित गाईहरूको संरक्षणका लागि पाल्ने गरेको पाएको छ । पछिल्लो समयमा नेपाल भरमै लोभ हुदै गएको नौमुठे गाईको जात निर्देशनालयले भने संरक्षणका लागि लामो समय यता पाल्दै आएको जानकारी गराउनु भएको हो । अहिले निर्देशनालयमा २२ वटा नौमुठे गाई र गोररू रहेका छन्
। नौमुठे गाईको दूध धेरै उत्पादन हुने गर्छ त्यसैले यस्ता गाईको लोप हुन दिनु हुदैनन् भनेर संरक्षण गर्दै आएको निर्देशनालयले जानकारी गरिएको छ ।
अहिलेको सिजनमा हुने गहुँहरूका विभिन्न जातका गहुँ र फरक फरक जातका बालीमा देखिएको फरकपनको व्याख्या साथै अनुगमन




अनुगमनका क्रममा चैत महिनामा लगाउने धानबाली कसरी बेर्ना छर्ने भन्ने विषयमा कृषकलाई अनुगमन गराएको थियोे
। किसानहरूलाई कृषि अनुसन्धान निर्देशनालयले परिक्षण गरेर लगाएका गहुँ खेती, आलु र चैतमा छर्ने धान बालीको अनुगमन गराएर किसान दिवस मनाएको थियोे ।






प्रतिक्रिया