अखिल  क्रान्तिकारी उत्तर जिल्ला समितिको अध्यक्षमा थापामगर चयन

गणेश मौनी
२३ माघ २०८० १५:५३
अखिल  क्रान्तिकारी उत्तर जिल्ला समितिको अध्यक्षमा थापामगर चयन
डोटी ,नेपाल कम्युनिस्ट पार्टी (विप्लव) निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) उत्तर डोटी जिल्लाको अध्यक्षमा लोकेन्द्र थापामगर चयन भएका छन् ।
 मङ्गलवार सिलगढीमा सम्पन्न उत्तर डोटी जिल्लाको चौथो जिल्ला भेलाबाट थापामगरको अध्यक्षतामा १७ सदस्यीय कमिटी चयन गरिएको थियो । कमिटीको उपाध्यक्षमा जुनेली परियार, सचिवमा केशव परियार, सह–सचिवमा जानकी भट्ट र कोषाध्यक्षमा छविराज भट्ट चयन भएका छन् ।
त्यस्तै सदस्यहरूमा कौशल साउद, दशरथ कठायत, रेखा विष्ट, पूजा साउँद, जगत कुमाल, सावित्री सुनार, सिता धामी, वीरेन्द्र साउद, निस्मा खड्का, सिता साउँद, रुपा विष्ट र नवीन साउद चयन भएका हुन् ।
लोकेन्द्र थापामगरको अध्यक्षतामा सम्पन्न चौथो जिल्ला भेलाका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज विमल सी रहेका थिए भने भेलामा जिल्ला सचिव मोहन सिको उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन भक्त सिले गरेको नेपाल कम्युनिस्ट पार्टी डोटीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *