डोटीको बडीकेदारमा १ सय १९ स्थानको माटोको नमुना परीक्षण

गणेश मौनी
२३ माघ २०८० १५:०१
डोटीको बडीकेदारमा १ सय १९ स्थानको माटोको नमुना परीक्षण

 डोटी.डोटीको बडीकेदार गाउँपालिकामा १ सय १९ स्थानको माटोको नमुना परीक्षण गरिएको छ ।
माटो तथा मल परीक्षण प्रयोगशाला सुन्दर पुर कञ्चनपुर, कृर्षि ज्ञान केन्द्र डोटी र बडीकेदार गाउँपालिकाको संयुक्त समन्वय तथा आयोजनामा बडीकेदार गाउँपालिकामा सञ्चालन भएको दुई दिने माटो परीक्षण शिशिरबाट १ सय १९ स्थानको माटोको नमुना परीक्षण गरिएको बडीकेदार गाउँपालिकाका कृर्षि शाखा प्रा.स.सुरेन्द्र ओलीले बताए ।
शिशिरबाट माटोको अवस्था बुझी माटो सुधारका उपायहरू अपनाउन र उत्पादन बढाउन सहजता होस भन्ने हेतुले माटो परीक्षण शिविर सञ्चालन गरिएको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउँदले बताए माटो परीक्षणको नतिजा अनुसार आगामी दिनमा पालिकाले सोही अनुसारका कृर्षि क्षेत्रका कार्यक्रमहरू सञ्चालन गर्ने समेत अध्यक्ष साउँदले बताए ।
माटो तथा मल परीक्षण प्रयोगशाला कञ्चनपुरका प्रमुख प्रकाश कुमार पन्तले माटो परीक्षण पछि किसानहरूलाई विभिन्न प्रकारका खेती गरी उत्पादकत्व बढाउन सहजता हुने समेत बताए ।
माटो परीक्षण पश्चात् किसानहरूलाई आवश्यकता अनुसारका खेतीपाती गर्न सहजता हुने बडीकेदार गाउँपालिकाकी उपाध्यक्ष डम्मरी विष्ट कलेलले बताइन् ।
बसाइसराइका कारण पहाडका बस्तीहरू रित्तिएको अवस्थामा माटो परीक्षणबाट आएको नतिजाका आधारमा कृर्षि कार्यलाई प्राथमिकता दिन सके पालिकाको विकासमा सहयोग पुग्ने समेत उपाध्यक्ष कलेलले बताइन् ।
सोमबार र मङ्गलवार २ दिन सञ्चालन भएको शिविर वाट गरिएका नमुना परीक्षण बाट सबै भन्दा धेरै स्थानहरूमा अम्लीय माटो बढी रहेको नाइट्रोजन, फरपोरसको मात्रा कम देखिएको माटो तथा मल परीक्षण प्रयोगशालामा संलग्न कर्मचारीहरूले जनाएका छन् । यसका लागि स्थानीयले प्रांगारिक मलको प्रयोगमा जोड दिन सुझाव दिएका छन् ।
पालिकामा १ सय १९ स्थानको माटोको नमुना परीक्षण गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *