डोटीमा भालुको आक्रमण बाट एक महिला घाइते

गणेश मौनी
२० माघ २०८० १२:०८
डोटीमा भालुको आक्रमण बाट एक महिला घाइते
डोटी ,डोटीमा भालुको आक्रमण बाट एक जना महिला घाइते भएकी छन्
जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर २ कुचेडा बस्ने शेर बहादुर बोहराको श्रीमती वर्ष २४ कि देउसरा बोहरा घाइते भएकी जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सिताराम विष्टले जनाएका छन् ।
घर नजिकै रहेको जङ्गलमा घाँस काट्ने क्रममा भालुले आक्रमण गरी बायाँ हात, दाहिने खुट्टा र कम्मरमा चोट लागेको प्रहरीले जनाएको छ । घाइते महिलालाई मौवा स्वास्थ्य चौकीमा उपचार गरी थप उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरिएको समेत प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *