डोटीमा नेपाली सेना द्वारा सामुदायिक विपद् प्रतिकार्य तालिम सञ्चालन

गणेश मौनी
१६ माघ २०८० १४:२०
डोटीमा नेपाली सेना द्वारा सामुदायिक विपद् प्रतिकार्य तालिम सञ्चालन
डोटी ,डोटीमा नेपाली सेना सिलगढी स्थित भैरव प्रसाद गण डोटीले चार दिने सामुदायिक विपद् प्रतिकार्य तालिम आज देखि सञ्चालन गरेको छ ।
स्थानीय तहका स्वयम सेवकहरूका लागि विपद्को समयमा समुदाय स्तरमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा स्वयंसेवक परिचालन गर्न सहजता होस भन्ने हेतुले तालिमको आयोजना गरेको भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी परीक्षित देउजाले बताए ।
उनले भने समुदाय स्तरमा संस्थागत व्यवस्था सुनिश्चित गर्ने, स्थानीय ज्ञान सिप, श्रोत साधनको अधिकतम उपयोग गर्दै समुदायमा आधारित विपद् जोखिम न्यूनीकरण कार्यक्रमहरु कार्यान्वयन गरी स्थानीय स्तरमा विपद्को समयमा परिचालन हुने स्वयम सेवकहरूको क्षमता विकास गर्न सहजता हुने समेत प्रमुख सेनानी देउजाले बताए ।  गणको वार्षिक कार्यक्रम अन्तरगत तालिमको आयोजना गरेको गणले जनाएको छ ।
चार दिन सम्म सञ्चालन हुने तालिममा डोटी जिल्लाका विभिन्न स्थानीय तहबाट १३ जनाको सहभागिता रहेको भैरव प्रसाद गणका सेनानी विपिन नगरकोटीले जनाएका छन् । दिपायल सिलगढी नगरपालिकाको सभा हलमा सञ्चालन भइरहेको तालिम शनिवार सम्पन्न हुने भएको छ । सैद्धान्तिक र व्यवहारिक ज्ञान सहितको तालिमको प्रशिक्षण भैरव प्रसाद गणले गर्ने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *