डोटीमा बहुलाहा कुकुरले एकै दिन दश जनालाई टोक्यो

गणेश मौनी
१४ माघ २०८० १२:०४
डोटीमा बहुलाहा कुकुरले एकै दिन दश जनालाई टोक्यो

 डोटी,डोटीमा बहुलाहा कुकुरले एकै दिन दश जना मानिसहरूलाई टोकेको छ ।
बहुलाहा कुकुरले आइतबार एकै दिन दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४,५ र ६ का गरी दश जना मानिसहरूलाई टोकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सिताराम विष्टले बताए ।
उक्त कुकुरलाई स्थानीय नागरिक, नेपाल प्रहरी, भेटेरिनरी अस्पताल र स्थानीयको संयुक्त प्रयासबाट नियन्त्रणमा लिई भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डोटीमा पठाइएको प्रहरीले जनाएको छ । बहुलाहा कुकुरले टोकेका सबै जनाले रेबिजको सुई लगाई सामान्य अवस्थामा घर फर्किएका समेत प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *