२०८० असार मसान्तसम्म घरमा श्रीमती हुँदाहुँदै दोस्रो विवाह गरेको भन्दै पीडित प्रहरी हुँदै अदालतसम्म पुगेका छन्। घरकी श्रीमतीलाई बेवास्ता गर्दै दोस्रो विवाह गर्ने श्रीमान विरुद्ध पीडित महिला न्यायका लागि प्रहरी हुँदै अदालतसम्म पुगेका हुन्। घरमा श्रीमती हुँदाहुँदै अर्कीलाई भित्र्याएको भन्दै पीडित महिलाले कारबाहीको माग गर्दै प्रहरी र अदालतमा उजुरी दिएका छन्।
उल्लिखित तथ्याङ्कलाई हेर्दा अझै पनि महिला अधिकार पूर्णतः संरक्षण हुन नसकेको देखिएको छ।
घरेलु हिंसा, जबरजस्ती करणी, बेचबिखन, बहुविवाह, छाउपडीप्रथा अहिले पनि विद्यमान छ। घरेलु हिंसामा व्यापक बढोत्तरी भइरहेको छ। समय र विकासक्रमसँगसँगै महिलामाथि हुने विभेद, हिंसाको प्रकार र रूप पनि फरक हुँदै गइरहेको छ। यौन दुव्र्यवहार, कुटपिटजस्ता घटनाहरूबाट महिलाहरू पीडित बन्न पुगेका छन्।
संविधान, कानुन र योजनाहरू महिलामैत्री भए पनि कार्यान्वयन पक्ष प्रभावकारी हुन नसक्दा समस्या विद्यमान देखिएकाले कानुको प्रभावकारी कार्यान्वयन, अनुगमन र मूल्याङ्कन प्रणालीको विकास, जनचेतना, रोजगारी, शिक्षाजस्ता पक्षमा राज्य र सरोकारवालाहरू थप संवेदनशील भई अगाडि बढ्नुपर्ने देखिन्छ।






प्रतिक्रिया