मुख्यमन्त्री शाहद्धारा लागु औषधका डिलरलाई पक्रिन डिआइजी केसीलाई निर्देशन

पाँजलो न्युज
३ माघ २०८० ९:००
मुख्यमन्त्री शाहद्धारा लागु औषधका डिलरलाई पक्रिन डिआइजी केसीलाई निर्देशन

दिपायल- सुदुरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले लागु औषधका मुख्य व्यापारी र एजेन्टलाई पक्राउ गर्न निर्देशन दिएका छन् । मङ्गलवार मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) रवीन्द्र केसीलाई निर्देशन दिएका हुन् ।

सुदूर पश्चिमका युवाहरू लागु औषध तथा दुर्व्यसनको सिकार भएको बताउँदै मुख्यमन्त्री शाहले लागु औषधको मुख्य कारोबार गर्ने डिलर एजेन्टहरू नियन्त्रणमा नआए लागु औषध तथा दुव्यर्सनको अवस्था थप भयावह हुने बताए। सुदूर पश्चिममा लागु पदार्थ तथा दुर्व्यसनको अवस्था भयावह छ। प्रदेश सरकारका लागि यो सबैभन्दा ठूलो चिन्ताको विषय हो, उनले भने, यसको जरैसम्म नपुगी यो अवस्थाबाट हामी पार पाउँदैनौ।

डिआइजी केसीले निष्ठापूर्वक जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता गर्दै अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम गर्ने सवालमा कहिल्यै नचुक्ने बताए ।डिआइजी केसीले लागु औषधका कारोवारलाई जरैबाट उखेल्ने प्रतिबद्धता गरे । सुदूर पश्चिम प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी पाएर दुई अघि आएका डिआइजी केसीले मङ्गलवार मुख्यमन्त्री शाहसंगको भेटमा यस्तो प्रतिबद्धता गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *