के आई सिं गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी सरस्वती मा बि रानागाउँ लाई

पाँजलो न्युज
२९ पुष २०८० ६:२५
के आई सिं गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी सरस्वती मा बि रानागाउँ लाई

दिनेश जोशी(डोटी)- के आई सिं गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधी सरस्वती मा बि रानागाउँ  बिजयी भयको छ । के आई सिंह गाउँपालिका र छत्रेश्वर माविको व्यवस्थापनमा सुरु भएको रनिङ शिल्ड प्रतियोगिताको उपाधि सरस्वती मा.बि रानागाउ ले हात पारेको छ

सरस्वती मा.बि ले स्वर्ण १२ रजत २ कास्य १ गरी कूल १५पदक सहित बिजय हात पारेको हो। बिहीबार देखि सञ्चलान भयको राष्ट्रपति रनिङ शिल्डको प्रमुख अथिती समेत रहेका के आई सिं गाउँपालिकाका अध्यक्ष लेकेन्द्र शाहि ले सरस्वती मा.बि का शिक्षक कर्ण रावललाई मेडल हस्तान्तरण गर्नु भयको हो । प्रमुख अथिती शाही ले सम्पुर्ण खेलालाडिलाई राष्ट्रका गहना भयकाले आफू र पालिका बाट हुने सम्पुर्ण सहयोग गर्नमा कुनै कन्जुस्याइँ नरहने बताय ।

प्रतियोगितामा दोस्रो भुमिराज मा.बि र तेस्रो इन्द्र मा.बि रहेका थिय ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *