थारू होमस्टे गाउँ भादा जाने बाटोमा पर्ने खोलामा निर्माणाधीन यो पुलकोसमयावधि सकिए पनि निर्माणमा ठेकेदारबाट ढिलासुस्ती र लापरबाही भएको स्थानियको आरोप छ। धनगढी उपमहानगरपालिकाले २०७८ साल कात्तिक १६ गते भ्याटसहित तीन करोड दुई लाख ५४ हजार रुपियाँमा टेडीसँग पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो ।
“समस्या भयो, चाँडै बनाउनका लागि पहल गरिदिनूस् भनेर मैले धनगढी नगर प्रमुख गोपाल हमाललाई आग्रह गरेको थिएँ,उनले भने “उनले तीन दिनमै सुरु हुन्छ भन्नुभएको थियो तर पनि पुल निर्माणको कार्य अझै अलपत्र छ,” अध्यक्ष चौधरीले थपे। यसअघि सो ठाउँमा सानो पुल थियो। त्यो पुल जीर्ण बनेपछि धनगढी उपमहानगरपालिकाले नयाँ पुल बनाउन लागेको हो।
पुल निर्माणमा ठेकेदारले धेरै ढिलाइ गर्दासमेत काम चाँडै अगाडि बढाउनका लागि धनगढी उपमहानगरपालिकाले ठेकेदारलाई घचघच्याउने काम नगरेको भादा गाउँवासीको आरोप छ। पुल निर्माण कार्यलाई कम्पनीले दुई वर्षदेखि अलपत्र छोड्दा भादा, सामरचौरा, घुरही, सिमराना, गदरिया, खुरखुरियालगायतका गाउँवासीलाई आउजाउ गर्न समस्या भइरहेको छ । निर्माण कम्पनीका ठेकेदार सिद्ध ओलीले माघ पर्व सकिएलगत्तै काम सुरु गर्ने प्रतिबद्धता जनाएको वडाध्यक्ष रामलाल चौधरीले बताए ।
उनले भने, “अहिले कामदार पनि छैनन् भनेर ठेकेदारले माघ पर्वपछि काम गर्ने प्रतिबद्धता जनाएका छन्। माघमा पनि काम सुरु भएन भने उनको घरमै गएर तानेर ल्याउँछौँ र काम गर्न लगाउँछौँ ।”पहिलो चरणको निर्माण समयवधि सकिएपछि सो पुल निर्माणका लागि आगामी वर्षको असार मसान्तसम्मका लागि म्याद थप गरिएको छ। धनगढी उपमहानगरपालिकाका डिभिजनल इन्जिनियर द्विजराज भट्टले सो समयावधिभित्र निर्माण कम्पनीले पुल निर्माण नगरेमा ठेक्का तोडेर कारबाही गरिने बताए।


प्रतिक्रिया