डोटी- सडक डिभिजन कार्यालय कुलपाते डोटीले चालु आ.व.मा करिब ४७ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य लिएको जनाएको छ। डोटी र डडेलधुरा जिल्ला अन्तर्गत रहेको सडक डिभिजन कार्यालय कुलपाते डोटीले चालु आ.व.मा सञ्चालन हुने सबै योजनाहरूको ठेक्का प्रक्रिया भई काम तीव्र गतिमा सञ्चालन भइरहेको डिभिजन प्रमुख रमेश भट्टराईले बताए ।
डिभिजन प्रमुख भट्टराईका अनुसार डोटी र डडेलधुरा जिल्लामा रहेका शाखा सडक अन्तरगत निर्वाचन क्षेत्र विकास कोष कार्यक्रम अन्तरगत रहेको डोटीको सानागाँउ गाजरी पोखरी सडक १७ करोड लागतमा ९ किलोमिटर कालोपत्रे गर्ने योजना रहेको बताए। त्यस्तै डडेलधुराको भात्काडा बुडाल उच्चाकोट सडकको लागि तिन वटा छुट्टा छुट्टै ठेक्का अनुसार करिब २० करोड लागतमा ८ किलोमिटर कालोपत्रे गरिने,त्यस्तै डडेलधुराको जोगबुडा सिर्स रुपाल सडक ७ करोड लागतमा ६ किलोमिटर निमार्ण भई १ किलोमिटर कालोपत्रे गरिने, त्यस्तै गैरा गांखेत सडक ७ करोड लागतमा ढाई किलोमिटर कालोपत्रे गरिने योजना रहेको डिभिजन प्रमुख भट्टराईले बताए ।
प्रतिक्रिया