कञ्चनपुर- कञ्चनपुरमा लागु औषधसहित एक जना पक्राउ परेका छन् ।
जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ३ तिलकपुरबाट आइतबार राति ५ किलो १०४ ग्राम लागू औषध (चरेस) सहित बझाङको केदास्युँ गाउँपालिका वडा नम्बर ६ बस्ने ६३ वर्षीय नर बहादुर धामी पक्राउ परेका हुन् ।
नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र वडा प्रहरी कार्यालय महेन्द्रनगर कञ्चनपुरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले शङ्का लागि चेकजाँच गर्दा धामीले बोकिराखेको झोलाबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरेर उक्त पदार्थ सहित उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।






प्रतिक्रिया