दिपायल- डोटीको पुर्वीचौकीका आगलागि पीडीतलाइ आर्थिक सहयोग गरीएको छ ।
बिहिवार पुर्वीचौकी गाउँपालिकाका जनप्रतिनिधीहरु,कर्मचारीहरु राजनितीक दलका प्रतिनिधि सहित अन्य ब्यक्तिबाट रु २८३२०। संकलन गरी पालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले पीडीतलाइ रकम हस्तान्तरण गरेका हुन ।
बुधवार दिउसो करीब १२ बजे तरि पुर्वीचौकी गाउपालिका वडा नं.७ गजडाका प्रेम दमाइको घरमा आगलागि हुदा घर पुर्णरुपमा जलेर नष्ट भएको थियो ।
घर जलेर खाद्यान्न,लुगा कपडा,भाडा कुडा सबै नष्ट भएको हुनाले तत्काल केहि राहात होस भन्ने हेतुले यो सहयोग गरेको र आगामि दिनमा गाउपालिका गर्न सक्ने सम्पुर्ण सहयोग गर्ने अध्यक्ष उपाध्यायले बताय ।
पिडीत दमाइले सहयोगि सबैलाई सहयोगको लागि धन्यबाद दिदै यो सहयोग आफ्नो पीडाको मलम भएको र पालिकाले यो पीडा निको पार्ने गरी सहयोग गर्ने आसा रहेको भन्दै विश्वास समेत ब्यक्त गरेका छन् ।
पुर्बिचौकिका आगलागी पिडित प्रेम दमाईलाई आर्थिक सहयोग

प्रतिक्रिया