कैलाली- कैलालीमा लागूऔषधसहित एक किशोर पक्राउ परेका छन्।कैलालीको टीकापुर नगरपालिका-९ खक्ररौलाबाट १ ग्राम ४७० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित टीकापुर(२ का १७ वर्षीय किशोर सोमवार साँझ पक्राउ परेका हुन्।
किशोरले प्रयोग गरेको मोटरसाईकलको हेल्मेट भित्र लुकाई राखेको लागूऔषध फेला पारी मोटरसाईकल र किशोरलाई पक्राउ गरेको हो। ईलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी कालाकुण्डाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले किशोरलाई पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया