डोटी- डोटीमा एक युवक मृत्य प्रकरणमा पक्राउ परेका तीनै जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। डोटीको दिपायल सिलगढी नगरपालिका–५ पुन्नाका भट्टको शव एक महिनापछि आज (बिहीबार) आफन्तले बुझेका हुन्।
भट्टको शव जिल्ला अस्पताल डोटीको शव गृहमा राखिएको थियो। एक महिनापछि आज बिहान मात्रै शव आफन्तले बुझेका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। उनको हत्या गरेर त्यहाँ फालिएको दाबी गर्दै आफन्तले शव बुझ्न मानेका थिएनन्। हत्यारा पत्ता लगाई कारबाही नभएसम्म शव नबुझ्ने उनीहरुको अडान थियो।






प्रतिक्रिया