बारामा मोटरसाइकल दुर्घटना, दुई युबकको मुत्यु

पाँजलो न्युज
७ पुष २०८० ७:०५
बारामा मोटरसाइकल दुर्घटना, दुई युबकको मुत्यु

बारा- बारामा भएको मोटरसाइकल दुर्घटनामा परी दुई जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको कलैया उप–महानगरपालिका–१३ बस्ने २२ वर्षीय कुन्दन मेहता खत्री र सोही उप–महानगरपालिकाको वडा नम्बर १२ बस्ने २२ वर्षीय अभिमन्यु कुशवाहा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार कलैयाबाट वीरगन्जतर्फ जाँदै गरेको म.प्र.०३–०३०–प ४३९८ नम्बरको मोटरसाइकल शुक्रबार राति बाराको प्रसौनीमा आफै अनियन्त्रित भएर दुधौरा खोलाको पुलको पिल्लरमा ठोक्किन पुगेको थियो । घटनामा दुई जना गम्भीर घाइते भएका थिए ।

उनीहरूको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *