सुदूरपश्चिम प्रदेश सरकारले ‘खप्तड पर्यटकीय सडक’ निर्माणका लागि २०७६ सालमा बजेट विनियोजन गरेको थियो । पूर्वाधार विकास कार्यालयअन्तर्गत सडक निर्माणको काम गर्ने गरी विनियोजित गरिएको रकम पहिलो किस्ता भुक्तानी गरी निर्माण व्यवसायी सम्पर्कविहीन भएका छन् ।
सम्झौताअनुसार सडकखण्ड निर्माण सम्पन्न गर्ने म्याद २०७९ असार मसान्तसम्म थियो । तर, पहिलो किस्ता लिएर सम्पर्कविहीन भएको निर्माण कम्पनीका जिम्मेवार व्यक्ति पटक पटक ताकेता गर्दासमेत सम्पर्कमा नआएका पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर जङ्गबहादुर थापा बताउँछन्।
उनका अनुसार धेरै पटक पत्रचार गर्दासमेत सम्पर्कमा नआएपछि कार्यालयले कानुनी कारबाही अघि बढाएको छ। निर्माण स्थलमा सडकको ट्र्याक खोल्दा काम गरेको पैसासमेत नपाएको भन्दै खप्तडछान्ना गाउँपालिका–३ का बासिन्दाले एमपी कन्स्ट्रक्सनको ट्र्याक्टर कब्जामा लिएका स्थानीय टोपबहादुर खड्काले बताए ।
प्रतिक्रिया