धनगढी–दिपायल फास्ट ट्याक निर्माणमा कमसल गुणस्तरको कालोपत्र

पाँजलो न्युज
३० मंसिर २०८० ८:१०
धनगढी–दिपायल फास्ट ट्याक निर्माणमा कमसल गुणस्तरको कालोपत्र

दिपायल-धनगढी–दिपायल द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत धनगढी–स्याउले खण्डमा कालोपत्र गर्ने काममा लापरबाही भइरहेको छ।

कालोपत्र पूरा नहुँदै पहिलो कोट गरिएको खण्डको विभिन्न ठाउँमा खाल्डाखुल्डी परेका छन्। कमजोर गुणस्तरको प्रविधि मानिने डबल बिटुमिन सरफेस ट्रिटमेन्ट (डीबीएसटी) प्रविधिबाट सो सडक खण्ड कालोपत्र भइरहेको हो। यस प्रविधिको कालोपत्रको आयु बढीमा तीन/चार वर्ष हुने प्राविधिकहरू बताउँछन्।

सम्पन्न गर्नुपर्ने म्याद मंसिर २० मा सकिएको भए पनि काम भने अधुरै छ। म्याद थपको प्रक्रियामा रहेको आयोजना कार्यालयले जनाएको छ। हाल धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभन्ज्याङ सडक आयोजना कार्यालयले धनगढीदेखि उरैभन्ज्याङसम्मका लागि ६ वटा ठेक्का लगाएर काम भइरहेको छ। धनगढीदेखि हाटखोलीसम्म २० किलोमिटर कालोपत्रका दुईवटा ठेक्का छन्। जसको म्याद यही मंसिर २० सकिएको भए पनि काम पुरा हुन सकेको छैन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *