सुदूरपश्चिम प्रदेशमा एक वर्षको अवधिमा दुई सय ५२ जना एचआइभी एड्स संक्रमित, सबैभन्दा बढी धनगढीमा

पाँजलो न्युज
१७ मंसिर २०८० ८:३६
सुदूरपश्चिम प्रदेशमा एक वर्षको अवधिमा दुई सय ५२ जना एचआइभी एड्स संक्रमित, सबैभन्दा बढी धनगढीमा

दिपायल- सुदूरपश्चिम प्रदेशमा एक वर्षको अवधिमा दुई सय ५२ जना एचआइभी एड्स संक्रमित थपिएका छन् । पछिल्लो समय प्रदेशका ९ वटा जिल्लामा गरिएको परीक्षणमा एक सय तीन जना महिला र एक सय ४९ पुरुष संक्रमित पत्ता लागेका हुन् ।

प्रदेश स्वास्थ्य निर्देशनालय राजपुरका अनुसार सबैभन्दा बढी कैलालीमा एक सय पाँच जनामा संक्रमण देखिएको हो ।

यस्तो छ तथ्याङ्क

डोटी – २४

कैलाली – १०५

कञ्चनपुर – ५३
अछाम – २८
बैतडी – ८
बाजुरा – ६
बझाङ – ६
डडेल्धुरा – ६
दार्चुला – १

सुदूरपश्चिममा हालसम्म चार हजार ७१७ जनामा एचआइभी संक्रमण पत्ता लागेकोमा अहिले तीन हजार ६२३ जना उपचारमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *