डोटीका भोज बहादुर किमाडी काठमाडौंमा बेपत्ता

पाँजलो न्युज
११ मंसिर २०८० ४:०३
डोटीका भोज बहादुर किमाडी काठमाडौंमा बेपत्ता

दिपायल- डोटीका भोज बहादुर किमाडी काठमाडौंमा सम्पर्क बिहीन भएका छन्। जिल्लाको शिखर नगरपालिका-११ बसोबास भएका ४५ वर्षीय किमाडी शनिबारबाट काठमाडौंमा सम्पर्क बिहीन भएका हुन्।

बिगत केही वर्षदेखि मानसिक सन्तुलन ठिक नभएका कारण उनलाई उपचारका लागि काठमाडौं लगिएको थियो। उनी काठमाडौंको बाफलमा रहेको ग्रिन तारा होटेलबाट शनिवार बिहान ६ बजे निस्केर सम्पर्क बिहीन भएका उनका छोरा रविन्द्र किमाडीले बताएका छन्।

मानसिक सन्तुलन गुमाएका उनी होटेलबाट एक्कासी निस्केर सम्पर्क बिहीन भएपछि उनको परिवार चिन्तित बनेको छ। किमाडीलाई देख्ने वा फेला पारेमा ९८६५८३१३९८, ९८६८३११३९२ वा नजिकैको प्रहरी कार्यालयमा खबर गरिदिन परिवारले आग्रह गरका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *