रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ घाईते, ५ गम्भीर

पाँजलो न्युज
४ मंसिर २०८० ६:३९
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ घाईते, ५ गम्भीर

सुर्खेत- सोमबार बिहान रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ गोईरीज्यूलामा भएको जीप दुर्घटनामा परी २२ जना घाइते भएका छन् ।

रुकुम पश्चिम प्रहरीका अनुसार अन्य व्यक्तिहरू पनि घाइते भएको हुनसक्ने र उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । लु १ ज २२९७ नम्बरको जीप चौरजहारी नगरपालिका–१० खोला गाउँबाट सदरमुकाम मुसिकोटतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो ।

घाइतेहरू सबैलाई चौरजहारी अस्पतालमा उपचारको लागि लगिएको रुकुम प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको रुकुमका प्रहरी प्रमुख नमराज भट्टराईले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *