दिपायल- कैलालीकाे अत्तरियामा ट्रकले ठक्कर दिदा डोटीकी एक महिलाकाे मृत्यु भएकाे छ ।
शुक्रबार साँझ धनगढीबाट अत्तरियातर्फ आइरहेकाे मप्र ०३०१ख९६५० ट्रककाे ठक्करबाट डाेटीकाे शिखर नगरपालिका-२ बस्ने ६० वर्षीय भगवती राेस्याराकाे मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रककाे ठक्करबाट गम्भीर घाइते भएकी राेस्याराकाे उपचारका क्रममा राति सेती प्रादेशिक अस्पतालमा मृत्यु भएकाे हाे ।
उनी डाेटीमा कटी दिदीकाे नामले परिचित थिइन् । राेस्याराकाे मृत्युपछि उनका शुभेच्छुकहरूले सामाजिक सञ्जालमा श्रद्धाञ्जली दिदी दु:ख व्यक्त गरिरहेका छन् ।
ट्रक र चालक डडेल्धुराकाे अजयमेरू गाउँपालिका-१ का ३४ वर्षीय नरेश भण्डारीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ । मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा राखिएको छ ।
प्रतिक्रिया