सरकारको टिकटक बन्देजविरुद्द सर्वोच्चमा ५ रिट

पाँजलो न्युज
१ मंसिर २०८० ६:१४
सरकारको टिकटक बन्देजविरुद्द सर्वोच्चमा ५ रिट

काठमाडौँ- सरकारले टिकटकमा बन्देज लगाएपछि सरकारको निर्णयविरुद्ध सर्वोच्चमा ५ वटा रिट पुगेको छ। टिकटक बन्द गर्ने सरकारको निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा रिट पुगेको हो।

सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेका अनुसार टिकटक बन्दविरुद्ध सर्वोच्च अदालतमा ५ वटा रिट पुगिसकेका छन्। हाल ती रिटहरु अध्ययनका क्रममा रहेको र अध्ययनपछि रिट दर्ता हुने कि नहुने वा कुन कुन रिट दर्ता हुने भन्ने सम्बनधमा निर्णय हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *