जुवातास खेलिरहेको अवस्थामा १६५ जना पक्राउ, ३५ लाख बरामद

पाँजलो न्युज
३० कार्तिक २०८० १३:१३
जुवातास खेलिरहेको अवस्थामा १६५ जना पक्राउ, ३५ लाख बरामद

काठमाडौँ- तिहारमा तास, लङ्गुरबुर्जा र जुवा खेलेको अभियोगमा एक सय ६५ जनालाई पक्राउ गरिएको छ। प्रहरीले उनीहरुका साथबाट ३४ लाख ६२ हजार आठ सय ८५ बरामद गरेको छ।

यही कात्तिक ११ गतेदेखि आज बिहानसम्म काठमाडौँका १३, ललितपुरका चार र भक्तपुरका दुई स्थानबाट जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले ६९ बुक तास, रु बीस हजारको एक थान चेकसमेत बरामद गरेको छ।

सोही अवधिमा प्रहरीले पटाका बेचेको अभियोगमा आठ जनालाई नियन्त्रणमा लिएको थियो। उनीबाट विभिन्न प्रकारका ३० हजार थान पटाका बरामद गरिएको थियो।

उक्त अवधिमा काठमाडौँ उपत्यकामा १४ स्थानमा आगलागी भएको र त्यसबाट रु आठ करोड ७७ लाख ४५ हजार बराबरको क्षति भएको थियो। आगलागीमा परी भक्तपुरको मध्यपुर ठिमी नगरपालिका– १ लोकन्थली बस्ने ८२ वर्षीय एक वृद्धको मुत्यु भएको थियो। लक्ष्मीपूजा गर्ने क्रममा आगलागी भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *