गाउँपालिका स्तरीय रनिङ सिल्ड प्रतियोगिताको उपाधि सिमचौरलाई

गणेश मौनी
२४ कार्तिक २०८० १४:३७
गाउँपालिका स्तरीय रनिङ सिल्ड प्रतियोगिताको उपाधि सिमचौरलाई

डोटी ।बोगटान फुड्सिल गाउँपालिका स्तरीय रनिङ सिल्ड भलिबल प्रतियोगिताको उपाधि आयोजक सिमचौरले हात पारेको छ ।

शुक्रवार भएको फाइनल खेलमा धिर्कामान्डौलाई हराउँदै सिमचौरले उपाधि जितेको हो । वडा नम्बर १ को आयोजनामा सिमचौरमा सम्पन्न गाउँपालिका स्तरीय पाँचौँ रनिङ सिल्ड भलिबल प्रतियोगिता २०८० मा सिमचौरले धिर्कामान्डौलाई २५–२१, २५–१८ र २५–२० को सोझो सेटमा हराएको थियो ।

सिमचौरले केदारअखडा लाई र धिर्कामान्डौले चवराचौतारालाई हराउँदै फाइनलमा पुगेका थिए । प्रतियोगितामा तेस्रो स्थानको लागि भएको खेलमा केदारअखडाले चवराचौतारालाई हराएको छ ।

जितसँगै सिमचौरले नगद रु. ६५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र, दोस्रो भएको धिर्कामान्डौले नगद रु. ४५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र र तेस्रो भएको केदारअखडाले नगद रु. २५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र पाएको छ ।

बुधवार देखि सुरु भएको प्रतियोगितामा ९ वटा टिमको सहभागिता रहेको खेल शान्त मय वातावरणमा सम्पन्न भएको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष खेम घर्तीमगरले बताए । प्रतियोगिताको समापनमा चर्चित देउडा गायक भुवन दाहालको प्रस्तुति समेत रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *