प्रथम बडिकेदार टि- २० क्रीकेट प्रतियोगिता हुने  

दिनेश जोशी
२१ कार्तिक २०८० १०:१८
प्रथम बडिकेदार टि- २० क्रीकेट प्रतियोगिता हुने  

एकेन्द्र चन्द डोटी- डोटीको बडिकेदार गाउँपालिका वडा नम्बर ५  लानामा तिहारको अबसरमा कार्तिक २३ गते   देखि   गाउँपालिका स्तरीय  प्रथम  टि- २० क्रीकेट प्रतियोगिता हुने भएको छ ।

बडिकेदार गाउँपालिका वडा नम्बर ५ को आयोजनामा युबा बर्ष आधारभुत बिधालयको खेल मैदानमा प्रतियोगिता हुन लागेको हो ।

देश भरी नै क्रीकेटको चर्चा चलिरहदा डोटीका ग्रामीण ठाउँहरुमा पनि यति बेला क्रीकेट खेलाउने लहर नै चलेको छ । बढी भन्दा बढी खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको  बडिकेदार गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष पदम सिंह बोहराले बताउनु भयो ।अध्यक्ष बोहराका अनुसार प्रतियोगिताको बिजेताले ३५ हजार रुपैयाँ र उपबिजेताले १५ हजार रुपैयाँका साथै ट्रफी,मेडल र प्रमाणपत्र पाउने छन भने तेस्रो र चौथो हुने टिमलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।

सेमिफाइनल पछिका सबै खेलका उत्कृष्ट खेलाडीहरुलाइ नगद र मेडल उपलब्ध गराइने बताएको छ ।

खेलाडी हरुलाइ बस्नको ब्यवस्था मिलाएको छ भने खानाको ब्यवस्थापन आफैं गर्नु पर्ने छ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *