डाेटी- केआईसिंह राजमार्ग अन्तरगत पर्ने शिखर नगरपालिका वडा नं ६ अण्डाैलमा जीप दुर्घटना हुँदा ८ महिने शिशु सहित ४ जनाकाे मृत्यू भएकाे छ । ५ जना घाईते भएका छन् ।
धनगढीबाट बाजुरा तर्फ जाँदै गरेकाे ग२ च २७७६ नम्बरको बाेलेराे जीप राति २ बजेर २८ मिनेटमा दुर्घटना हुँदा बाजुराकाे हिमाली गाँउपालिका वडा नं ५ बस्ने २२ बर्षिया राधिका मलाल, ३२ बर्षिया धनशाेभा बुढा, उनकाे ६ बर्षिय छाेरा कबिन्द्र बुढा, साेही गाँउकी बिमला मलालकी ८ महिने शिशु प्राथना मलालकाे मृत्यू भएकाे प्रहरीले जानकारी दिएकाे छ ।
घाईते ५ जनाकाे भने दिपायल स्थित शैलेश्वरी अस्पतालमा उपचार भईरहेकाे छ ।
जीप सडकबाट ५० मिटर तल सेती नदिमा खसेकाे प्रहरीले बताएकाे छ ।
प्रतिक्रिया