सरकारी कार्यालय भोली देखि १ घण्टा छिटो बन्द हुने

पाँजलो न्युज
१५ कार्तिक २०८० ११:२१
सरकारी कार्यालय भोली देखि १ घण्टा छिटो बन्द हुने

काठमाडौं- सरकारी कार्यालयहरुमा भोलि बिहीबारदेखि दैनिक सेवा समय एक घण्टा कम हुने भएको छ। भोली कार्तिक १६ गतेदेखि १५ माघसम्म सरकारी कार्यालयको बन्द हुने समय अन्य बेलाकोभन्दा एकघण्टा अघि हुने नियम छ ।

यसैअनुसार बिहीबारदेखि विहान १० बजे खुल्ने सरकारी कार्यलयहरु अपरान्ह ४ बजे बन्द हुने छ। अन्य समय भने ५ बजेसम्म नै सेवा दिने गरी कार्यालयहरु खुल्छन् । सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर कार्यालय समय तोक्ने गर्छ ।

जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले ३ महिना कार्यालय समय ६ घण्टाका लागि मात्रै तोकेको छ । अन्य समयमा भने सरकारले कार्यालय समय ७ घण्टा तोकेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *