धनगढीमा १२ जुवाडे पक्राउ

पाँजलो न्युज
११ कार्तिक २०८० ५:३८
धनगढीमा १२ जुवाडे पक्राउ

धनगढी- धनगढीमा जुवा खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन्।शुक्रवार राति धनगढी–१३ राजपुरस्थित एक टहराबाट जुवा खेकिरहेको अवस्थामा १२ जुवाडेसहित एक लाख एक हजार २६५ नगद र ३ गड्डी ताससहित पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा धनगढी–१३ बस्ने ३१ वर्षीय कमल बडायक, ३३ वर्षीय सुवा राना, ३३ वर्षीय राधेश्याम राना, २६ वर्षीय भरत राना, ४९ वर्षीय भरत राना, ४३ वर्षीय राम नन्द राना, ३२ वर्षीय रुपेन्द्र ओझा, २९ वर्षीय शिब कुमार राना, २३ वर्षीय सुरेश राना, ४२ वर्षीय पिरागी राना, ४० का नबोध झा र २८ वर्षीय योगेन्द्र महरा रहेका छन्।

नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) र वडा प्रहरी कार्यालय धनगढीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा ल्याएर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *