दिपायल- दशैँको अवधीभर सुदूरपश्चिममा सवारी दुर्घटनामा परी ८ जनाको ज्यान गएको छ । दशैँ अवधीभर ११ वटा सवारी दुर्घटना भएका छन्, भने ८ जनाको ज्यान गएको छ । बिगतको बर्षभन्दा यस बषृको दशैँमा दुर्घटना घटेको प्रदेश ट्राफिक प्रहरीले जनाएको छ ।
यस वर्षको दशैंमा सवारी दुर्घटनामा परेर ९ जना घाइते भएका छन्। साथै ट्राफिक प्रहरीले एक हजार ७ सय ५७ जना सवारी चालकलाई कारबाही गरेको छ। सवारी कारबाहीबाट करिब १० लाख राजस्व असुली भएको समेत प्रदेश ट्राफिक प्रहरीले जनाएको छ। गत वर्षको दशैंकको अवधिमा १२ वटा सवारी दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरीको अभिलेख छ। सो अवधिमा सवारी दुर्घटनामा परेर पाँच जनाको मृत्यु हुनुका साथै १९ जना घाइते भएका थिए। ट्राफिक प्रहरीले एक हजार ९ सय ७४ सवारी चालकलाई कारबाही गरेर १७ लाख ९ हजार राजस्व असुली समेत गरेको थियो।
प्रतिक्रिया