इजरायलमा ज्यान गुमाएका यी ५ जना नेपालीको शव नेपाल ल्याइदै

पाँजलो न्युज
१ कार्तिक २०८० ४:५६
इजरायलमा ज्यान गुमाएका यी ५ जना नेपालीको शव नेपाल ल्याइदै

धनगढी- हमासको आक्रमणमा परी इजरायलको किबुज अलुमिममा असोज २० मा ज्यानगुमाएका १० जना नेपाली विद्यार्थीमध्ये पाँच नेपालीको शव तीन दिनभित्र नेपाल पठाउने तयारी गरिरहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।

गत आइतबार पहिचान खुलेको पाँच जनाको शवलाई स्वदेश पठाउने प्रक्रिया अगाडि बढाइसकिएको इजरायलस्थित नेपाली दूतावासले जनाएको हो ।

जसमा घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्रसिंह धामी, बौनिया–३ कैलालीका आशिष चौधरी,जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली र लेकम–५ दार्चुलाका दीपेशराज बिष्टको शवलाई नेपाल पठाउने दूतावासले उल्लेख गरेको छ ।

दुई देखि तीन दिनभित्र शव स्वदेश पठाउने दूतावासले जनाएको छ । बाँकी पाँच नेपालीको पहिचान खुल्न बाँकी रहेको दूतावासले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *