दिपायल- दसैँका लागि आजदेखि नयाँ नोट साट्न पाइने भएको छ ।नेपाल राष्ट्र बैंकले नजिकिँदै गरेका दसैँसहितका चाडवाड लक्षित गरेर र नयाँ नोट वितरण गर्न लागेको हो ।
आफ्नो मातहतका बैंकका तोकिएका शाखा र आफ्ना कार्यालयहरुबाट नयाँ नोट सटही गरिने राष्ट्र बैंकले जनाएको छ ।राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँसम्म सटही उपलब्ध गराउने भएको छ ।५, १०, २०, ५० र १०० रुपैयाँ दरको १–१ गड्डी नोट सर्वसाधारणले साट्न पाउने छन् ।
वाणिज्य बैंकहरुबाट समेत नयाँ नोट वितरण हुने छ । वाणिज्य बैंकले नयाँ नोट वितरण गर्ने शाखा तोक्ने छन् ।
प्रतिक्रिया