जनकपुरधाम- धनुषाको धारापानीस्थित ब्यारेकमा कार्यरत बैतडीका सैनिक जवान विक्रम सिँह बोहराले पुलबाट हाम फाल्दा मृत्यु भएको छ ।
धनुषाको लालगढ र महोत्तरीको बर्दिवासको बीचमा रहेको रातु खोलको पुलबाट हाम फाल्दा सैनिक जवान विक्रम सिँह बोहराको मृत्यु भएको हो ।
धनुषाको धारापानीस्थित रहेको स्कूल टोल ब्यारेकका जवान बोहराले पुलबाट हाम फालेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
घटना बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया