(डोटी)– उधोग बाणिज्य संघ डोटीको अध्यक्षमा बिक्रम साउँद (घटाल) सर्वसहमत निर्वाचित भएका छन् । बिहीबार अध्यक्ष पदका लागि ३ जनाको मनोनयन दर्ता परेको थियो । बिक्रम साउँद, खेमराज भण्डारी र प्रेम भण्डारीले अध्यक्ष पदका लागि दावेदारी गरेपनि साउँदलाई समर्थन दिदै भण्डारी द्वयले उम्मेदवारी फिर्ता लिएपछि निर्विरोध कार्य समिति चयन भएको हो ।
रेडियो त्रिवेणी एफएमका निर्वतमान अध्यक्ष समेत रहेका बिक्रम साउँद (घटाल) अघिल्लो निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेदवार भएका थिए । एक कार्यकाल उपाध्यक्ष पदमा समेत जिम्मेवारी निर्वाह गरिसकेका साउँद दिपायल पिपल्ला स्थित घटाल सप्लायर्स तथा घटाल होटलका संचालक समेत हुन् । उनले
साउँदको नेतृत्वमा बरिष्ठ उपाध्यक्ष प्रेम भण्डारी, बाणिज्य उपाध्यक्ष नर बहादुर खड्का, उधोग उपाध्यक्ष दिर्घ साउँद, महासचिव बम बहादुर बोगटी, सचिव हेमन्त कठायत, कोषाध्यक्ष आईजंग कुँवर, सदस्यहरू नन्दन कार्की, प्रेम विष्ट, दिपक शाह, प्रकाश रावल, गणेश बोहरा, दिपक कलेल, नन्ना भण्डारी रहेका छन् ।
विश्वास गरी आफूलाई नेतृत्व दिन भूमीका खेल्ने सबैप्रति धन्यबाद दिँदै अध्यक्ष साउँदले व्यापारीहरुको हकहित र संरक्षणका लागि आफू लागि पर्ने प्रतिबद्धता समेत गरेका छन् । उनले पाँजलाेसंग कुराकानी गर्दै बाणिज्य संघको संस्थागत विकास एवम् पारदर्शि कार्यसम्पादन गर्न भूमीका खेल्ने बताए । वरिष्ठ उपाध्यक्ष प्रेम भण्डारी र खेम भण्डारीले सहमतीको वातावरण सबै व्यापारीसाथिभाइहरुको चाहना भएकाले प्रतिस्पर्धामा नगएको बताएका छन् । संस्थाको हितका लागि नयाँ कार्यसमितिलाइ जुनसुकै बेला पनि सहयोग गर्न आफू तयार रहेको उनीहरुले बताए ।







प्रतिक्रिया