धनगढीबाट डडेलधुरा आउँदै गरेको बस गोदावरीमा दुर्घटना

पाँजलो न्युज
२२ असोज २०८० १०:५३
धनगढीबाट डडेलधुरा आउँदै गरेको बस गोदावरीमा दुर्घटना

दिपायल- धनगढीबाट डडेल्धुरा आउँदै गरेको बस दुर्घटना भएको छ। सोमबार बिहान ११ बजे धनगढीबाट डडेल्धुराको जोगबुढा आउँदै गरेकोबस शिवपुरी यातायातको ना ४ ख ९५५४ नम्बरको बस गोदावरीमा दुर्घटना भएको हो।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार बस अनियन्त्रित भएर सडकको नालीमा पल्टिएपछि दुर्घटना भएको जनाएको छ । दुर्घटनामा जोगबुढाका तीनजना घाइते भएका छन्।

घाइते हुनेमा आलितालकी सपना ओली, जोगबुढाका धनसिंह बोहरा र जोगबुढाकै सपना बम रहेका छन्। उनीहरुको पदमा अस्पतालमा उपचार भैरहेको छ भने चालक प्रहरीको नियन्त्रणमा छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *