भीरबाट खसेर दार्चुलाको नौगाडमा महिलाको मृत्यु

पाँजलो न्युज
२० असोज २०८० ९:१४
भीरबाट खसेर दार्चुलाको नौगाडमा महिलाको मृत्यु

दार्चुला- खर काट्ने क्रममा दार्चुलाको नौगाडमा भीरबाट खसेर १ महिलाको मृत्यु भएको छ ।

दार्चुला प्रहरीका अनुसार शुक्रबार नौगाड गाउँपालिका–१ दल्याडकी ३२ वर्षिया रेवती ठगुन्नाको भीरबाट खसेर मृत्यु भएको हो ।

भीरबाट खसेपछि गम्भीर घाइते रेवतीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *