बझाङमा रुखबाट खस्दा बालकको मृत्यु

पाँजलो न्युज
२० असोज २०८० ९:१२
बझाङमा रुखबाट खस्दा बालकको मृत्यु

बझाङ- रुखबाट लडेर बझाङमा ८ वर्षीय बालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार जयपृथ्वी नगरपालिका–७ खगेडाका पदमराज सार्कीको छोरा विजय सार्कीको रुखबाट खसेर शुक्रबार साँझ मृत्यु भएको हो ।

घर नजिकैको रुखबाट ओखर टिप्दा खसेर टाउकोमा गम्भीर चोट लागेपछि विजयलाई उपचारका लागि जिल्ला अस्पतालमा पुगाइएको र डाक्टरले चेकजाँच गर्दा मृत्यु घोषणा गरिएको प्रहरीको भनाई छ ।

घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *