उपभोक्ता महासंघद्वारा प्रशासन पाँच बुँदे ज्ञापन पत्र

गणेश मौनी
१९ असोज २०८० १३:४८
उपभोक्ता महासंघद्वारा प्रशासन पाँच बुँदे ज्ञापन पत्र

नेपाली उपभोक्ता महासंघ डोटीले जिल्ला प्रशासन कार्यालय डोटीलाई पाँच बुदे ज्ञापन पत्र बुझाएको छ ।

महासंघले आउँदै गरेको दसैँ र तिहारलाई मध्यनजर गर्दै दसैँ तिहारमा कालो बजारी बढ्न सक्ने  र त्यसबाट उपभोक्ता लाई मार पर्नबाट जोगाउनका लागी सम्बन्धित निकायको ध्यानाकर्षण गर्न प्रमुख जिल्ला अधिकारीलाई पाँच बुदे ज्ञापन पत्र  बुझाएको नेपाली उपभोक्ता महासंघ डोटीका अध्यक्ष टिकाराम फुलाराले बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी  गोपाल प्रसाद अर्याललाई ज्ञापन पत्र  हस्तान्तरण गर्दै उपभोक्ता महासंघ डोटीका अध्यक्ष फुलाराले निष्पक्ष रूपले जिल्लाका मुख्य तथा स्थानीय  बजार अनुगमन गर्न चर्को मूल्य वृद्धि, कालो बजारी  नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयबाट सबै स्थानीय तहहरूलाई निर्देशन दिए आग्रह गरेका थिए ।

प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउन अध्यक्ष  फुलारा सँगै उपाध्यक्ष गौरी कुमारी बलायर (रोकाय),उपाध्यक्ष पार्वती साउँद, महासचिव रोशन कोली,  सदस्यहरू, लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *