शिक्षकको पिटाइले विद्यार्थीको कानकाे जाली फुट्यो

पाँजलो न्युज
१८ असोज २०८० ७:०८
शिक्षकको पिटाइले विद्यार्थीको कानकाे जाली फुट्यो

गोरखा- महेन्द्र लिला माध्यमिक विद्यालय हर्मीमा अध्ययनरत एक शिक्षकको कुटाइबाट श्रवण क्षमता गुमेको छ ।

बुधबार कक्षा ६ मा अध्ययनरत ११ वर्षीय अब्जल मियाँ (परियार) को देब्रे कानको जाली फुटेको हो ।

‘साथीहरुवीच झगडा भएको थियो, छुट्याउने क्रममा सरले पिटनुभयो, छल्दाछल्दै कानमा लाग्यो भन्छ बाबुले’ बालककी आमा सर्मिला परियारले भन्नुभयो, ‘बुधबार त्यस्तो घटना भएछ रातभरी कान दुख्यो भनेर सुतेन, बिहान उपचार गराउन अस्पताल लगेँ, तर उपचार भएन ।’

आँपपीपल अस्पतालले कानमा समस्या भएको र थप उपचार गर्नुपर्ने बताएपछि छोरालाई लिएर चितवन गएको सर्मिलाले बताउनुभयो । चितवनको पुरानो मेडिकल कलेज र नारायणी सामुदायिक अस्पतालमा कानको चेकजाँच गरेपछि अब्जलको कानको जाली फुटेको प्रमाणित भएको उहाँको भनाइ छ ।

विद्यार्थीवीच झगडा हुँदा सहायक प्रधानाध्यापक रामप्रसाद अधिकारी र ध्रुव पोखेरलको पिटाइबाट कानको जाली फुटेको पीडितको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *