दार्चुलामा चामल बोकेको मिनि ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु

पाँजलो न्युज
१८ असोज २०८० ७:०२
दार्चुलामा चामल बोकेको मिनि ट्रक दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु

दार्चुला- दार्चुलामा चामल बोकेको मिनि ट्रक दुर्घटना भएको छ । दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

आज बिहान करिब महाकाली नगरपालिकाकाे खलंगाबाट दुहु गाउँपालिकाको हिकिला तर्फ जादै गरेको से.१ ख १२५२ नम्बरको मिनि ट्रक दुहु गाउँपालिका ३ राताकाठामा दुर्घटना हुँदा दुहु गाउँपालिका -३ ब्रहमदेबका करन सिंह बोहराको मृत्यु भएको हो ।

ट्रक करिब ३०० मिटर तल महाकाली नदी किनारामा खसेको छ । सवारि चालक फरार छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *