बैतडी- जिल्लाको सिगास गाउँपालिमा भुकम्पका कारण एक घर भत्किदा परिवार विस्थापित भएको छ । मंगलबार दिउसो बझाङको तलकोट र चैनपुर केन्द्रबिन्दु भएर गएको भुकम्पका कारण बैतडीको सिगास गाउँपालिका ३ को कुराडीका रघुबिर सिंह साउँदको घर भत्किदा परिवार विस्तापित भएको वडा नं ३ का वडा अध्यक्ष अमर सिंह धामीले जानकारी दिए । घरमा पूर्ण क्षति पुगेको र उनको परिवारलाई आफन्तको घरमा बसिरहेको वडा अध्यक्ष धामीले बताए । यसैगरी सोही वडाकी हिरा सिंह धामीको घरमा पनि क्षति पुगेको छ ।
जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी शंकर बोहराका अनुसार जिल्लामा भएको क्षतिको विवरण संकलन गरिन लागिएको छ । सबै ठाउँबाट स्पष्ट विवरण आएपनि विस्तापित पपिरवारलाई राहातको व्यवस्थाका लागि आवश्यक पहल हुने सुचना अधिकारी बोहराले बताए ।

प्रतिक्रिया