कैलाली- नेपाल सरकारका पूर्वसचिव अनुपकुमार उपाध्याय सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका छन् ।
आयोगका अध्यक्ष एवं मुख्यमन्त्री कमलबहादुर शाहले आजै नियुक्त भएका उपाध्यायलाई आजै पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।
उपाध्यक्ष उपाध्यायले प्रधानमन्त्री कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगम कार्यालय, राष्ट्रपति कार्यालय, सिँचाइ मन्त्रालय, विज्ञान तथा प्रविधि मन्त्रालय र उर्जा मन्त्रालयको प्रशासनिक नेतृत्व सम्हालिसकेका छन् ।
उपाध्याय डोटीको बोगटान फुड्सिल गाउँपालिकाको खत्याडी पुख्यौली भएका नेपालकै अनुभवी प्रशासक मानिन्छन् ।
प्रतिक्रिया